राप्रपाको लगाम डा. लोहनीको हातमा,बन्यो केन्द्रीय निर्देशन समिति

राप्रपाको लगाम डा. लोहनीको हातमा,बन्यो केन्द्रीय निर्देशन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।

उक्त समितिले विभिन्न कामकारवाहीको आवश्यक समन्वय,निर्देशनका साथै पार्टीलाई सुझाव तथा सरसल्लाह उपलब्ध गराउने छ । साथै संगठन विस्तार एवम् सुदृढीकरणको निम्ति आवश्यक नीति निर्माण गर्ने र पार्टीलाई सरकारमा पठाउने वा नपठाउने तथा राजनीतिक नियुक्तिको सिफारिस गर्नेसम्मका अधिकार समितिलाई रहेको राप्रपाले जनाएको छ ।

यसअघि समानुपातिक उम्मेदवारहरुको बन्दसूचीको पहिलो नम्बरमा डा. लोहनी र पूर्वअध्यक्ष पशुपतिसमशेर राणाबीच कसको नाम उल्लेख गर्ने भन्नेसम्बन्धमा चर्को विवाद भएको थियो । कार्य सम्पादन समितिको बैठकमा भएको गोप्य मतदानबाट राणालाई बन्दसूचीको पहिलो नम्बरमा राख्ने निर्णय कार्यान्वयन गरेपछि अहिले लोहनीलाई केन्द्रीय निर्देशन समितिको जिम्मेवारी दिइएको हो ।

टिप्पणीहरू