गल्याङमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

गल्याङमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहानको पहिरोका कारण उक्त सडक बन्द भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गल्याङ–८ झोल्पेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दसैँको टीकाका लागि आवतजावत गर्नेहरु अप्ठेरोमा परेका छन् । स्याङ्जा र कास्कीको सीमा नजिकैको कुभिण्डेमा गएको पहिरो हटाएपछि अहिले राजमार्ग एकतर्फी खुलेको छ ।

टिप्पणीहरू