अमलेखगञ्जको जंगलमा बस दुर्घटना, १० को निधन
बाराको अमलेखगञ्जमा यात्रुवाहक बस दुर्घटना भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ को ३ नम्बर पुल नजिकै भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

हेटौंडाबाट पथलैयातर्फ गइरहेको बा.प्र०६–००१ नम्बरको बस खोलामा झरेको बताइएको छ । पथलैया ट्राफिक कार्यालयका अनुसार हालसम्म १० जनाको मृत्यु भएको र घाइते सबैलाई सिमरा र हेटौंडाका अस्पतालमा लगिएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू