अब पनि एक्लौटी गरिए विद्रोह गर्ने कोइराला समूहको निर्णय
आज दिउँसो राजधानीको एउटा पार्टी प्यालेसमा आयोजना गरिएको नेपाली काँग्रेस संस्थापन पक्षइतरको भेलाले चार वटा निर्णय गरेको छ । समानुपातिक उम्मेदवारहरुको सूचीमा झैँ प्रत्यक्ष निर्वाचनका उम्मेदवारको निम्ति बाँडिने टिकट वितरणमा एक्लौटी गरिए मुलुकभरका समितिमा विद्रोह गरिने चेतावनीपूर्ण निर्णय गरिएको बताइएको छ ।
बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलाले टिकट वितरणमा पार्टीभित्र अन्याय गरिएको निश्कर्ष निकाल्दै आफ्नो समूह न्यायको निम्ति निरन्तर संघर्ष गरिरहने निर्णय गरेको छ । त्यसैगरि समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अझै पनि सन्तोषजनक मान्न नसकिने उनीहरुको ठहर छ ।
निर्णयमा भनिएको छ, ‘प्रत्यक्ष निर्वाचनको निम्ति वितरण गरिने टिकटमा एकलौटी भए सर्वत्र विद्रोह गरिने छ ।’ साथै माग पूरा नहोउञ्जेल आफूहरुको खबरदारी कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख छ ।
टिप्पणीहरू