पूर्वप्रहरी अधिकृतले अन्धाधुन्द गोली चलाउँदा ३४ को मृत्यु 

पूर्वप्रहरी अधिकृतले अन्धाधुन्द गोली चलाउँदा ३४ को मृत्यु 

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा आज दिउँसो भएको गोली प्रहारको घटनामा झण्डै तीन दर्जनको ज्यान गएको छ । बालबालिकाको दिवा हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

घटनामा बालबालिका र वयस्क मारिएका छन् । गोली हान्ने व्यक्तिको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । उनी अवकाशप्राप्त प्रहरी अधिकृत रहेको बुझिएको छ ।

यसअघि सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तीमा २९ जनाको अकालमा ज्यान गएको थियो ।

टिप्पणीहरू