पहिरोले १३२ केभी प्रशारण लाइनको टावर ढाल्यो

पहिरोले १३२ केभी प्रशारण लाइनको टावर ढाल्यो

लगातारको वर्षापछि आएको पहिरोले दाङमा १३२ केभी प्रशारण लाइनको टावर ढालेको छ । लमही–घोराही १३२ केभी प्रशारण लाइनको एउटा टावर ढलेको बताइएको छ ।

टावर ढलेपछि सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । सो क्षेत्रमा धेरै वटा सिमेन्ट उद्योग भएकाले बिजुली अभावमा उत्पादनमा असर पर्ने जनाइएको छ । तर नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट अन्य घरायसी प्रयोजनमा बिजुली प्रयोग गर्ने ग्राहकलाई विद्युत उपलब्ध गराएको जानकारी दिएको छ ।

टिप्पणीहरू