कीर्तिपुर एमालेले दियो विद्रोहको चेतावनी

कीर्तिपुर एमालेले दियो विद्रोहको चेतावनी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा स्थानीय बाहेकका उम्मेदवार उठाइए एमालेभित्र विद्रोह हुने भएको छ । आज बिहान आयोजित चियापान कार्यक्रममा एमाले नगर कमिटीले उक्त चेतावनी दिएको हो ।

आगामी निर्वाचनको निम्ति भोलि उम्मेदवारले मनोनयन गर्ने दिन तोकिएको २४ घण्टाअगाडि एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा उम्मेदवार तय भएको छैन ।

आज बिहान लायकु क्षेत्रमा कीर्तिपुुर नगरपालिका १ वडा कमिटीद्वारा आयोजित चियापान कार्यक्रममा बोल्दै नगर कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतले उक्त धारणा राखेका हुन् । उनले भने, ‘यो क्षेत्रमा उम्मेदवार हुन आउने बाहिरिया कमरेडलाई स्वीकार्न हामी कोही पनि सहमत छैनौं । आवश्यक परेमा दबाबको निम्ति सम्बन्धित नेतृत्वलाई घच्घचाउने छौं ।’

टिप्पणीहरू