राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी रुघा र ज्वरोले सिकिस्त भएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई आज बिहान साढे १० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उहाँलाई केही दिनदेखि रुघाखोकी लागे पनि हिजोदेखि ज्वरो पनि आएको बताइएको छ । अस्पताल भर्नालगत्तै स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको अस्पताल स्रोतले बताएको छ । राष्ट्रपतिलाई अस्पतालकाे एनेक्स २ काे बेड नम्बर ६०१ मा भर्ना गरिएकाे छ ।

राष्ट्रपति भण्डारी दशैंमा विभिन्न शक्तिपीठको दर्शनमा जानुभएको थियो । विजया दशमीको दिन विभिन्न दलका नेता, उच्च सरकारी अधिकारी र सर्वसाधारणलाई टीका समेत लगाइदिनुभएको थियो ।

टिप्पणीहरू