भीम रावलको टिकट खोस्दा अछाम एमालेमा पहिरो
एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावललाई प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवारको टिकट नदिइएपछि गृह जिल्ला अछामका एमाले नेताहरुले राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू विरोधी अधिकांशलाई टिकटबाट वञ्चित गराउँदा रावल पनि सोही घानमा परेका हुन् ।
रावललाई टिकटबाट वञ्चित गराइएको खबरलगत्तै निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले एमालेको अन्तरपार्टी निर्देशनबमोजिम क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिसलाई नेतृत्वले लत्याएको भन्दै राजीनामा दिएका हुन् ।
गत भदौ १९ गते जिल्ला इञ्चार्ज झपट बोहोराको प्रमुख आतिथ्यमा निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको सर्वसम्मत निर्णयमा डा. भीम रावलको नाम एकल सिफारिस भएको शाहको राजीनामामा उल्लेख छ । तर पार्टी केन्द्रले तल्ला कमिटीले गरेको सर्वसम्मत सिफारिसलाई लत्याएपछि आफू समन्वय कमिटीको संयोजक पदमा बस्न नैतिकताले नदिएको भन्दै आजैका मितिदेखि क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको लिखित जानकारी गराएका छन् ।
टिप्पणीहरू