एमालेको समर्थनमा राजेन्द्र लिङ्गदेनद्वारा साइत जुराएर उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् । उनले ११ बजेर ३० मीनेटको साइतमा मनोनयन दर्ता गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारमा एमाले र एकमा राप्रपाले उम्मेदवार उठाउने गरी दुई पार्टीबीच तालमेल भएको छ ।
टिप्पणीहरू