केपी र माधव दुबैको उम्मेदवारी दर्ता
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गर्नुभएको हो ।
झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपाले उम्मेदवारी दिने दुई पार्टीबीच गठबन्धन भएको छ । २०७४ सालमा माओवादी र राप्रपाको समर्थनमा चुनाव जित्नुभएका ओलीलाई यसपटक राप्रपाको मात्रै साथ छ ।
यता, एमालेबाट विद्रोहपछि पहिलो पटक निर्वाचनमा सहभागी हुन लाग्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले रौतहट–१ बाट मनोनयन दर्ता गर्नुभएको हो ।
रौतहट अध्यक्ष नेपालको गृहजिल्ला हो । अघिल्लो निर्वाचनमा उहाँ काठमाडौँ–२ बाट विजयी हुनुभएको थियो ।
टिप्पणीहरू