मुगुको उम्मेदवारी काठमाडौँबाटै दर्ता
एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि उम्मेदवारी मनोनयन दर्ता गरेका गरेका छन् ।
कार्कीले मुगुका लागि काठमाडौँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आज बिहान मनोनयन दर्ता गरेका हुन् । प्रतिकूल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेको उनले बताए ।
लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुमा युवा नेताका रूपमा चिनिन्छन् । तर, उम्मेदवारी मनोनयनका लागि समेत बेलैमा जिल्ला नजाने उनको निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
टिप्पणीहरू