जमराको माला लगाउँदै अर्थमन्त्री निर्वाचन अधिकृतको कार्यालयमा
अर्थमन्त्री तथा माओवादी उपमहासचिव जनार्दन शर्माले प्रतिनिधि सभा निर्वाचनको निम्ति मनोनयन दर्ता गर्नुभएको छ । उहाँले गृहजिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दिनुभएको हो ।
शर्माले सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न जाने क्रममा अर्थमन्त्री शर्माले जमराको मालासमेत लगाउनुभएको छ ।
टिप्पणीहरू