रेखा थापासँग निर्वाचन कार्यालयमा प्रहरीको सेल्फी

रेखा थापासँग निर्वाचन कार्यालयमा प्रहरीको सेल्फी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छन् । आज उनले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनिल शर्मा प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमालेले भानुभक्त ढकाललाई टिकट दिएको छ ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्र र एमालेको वाम गठबन्धनबाट ढकाल विजयी भएका हुन् । यसपटकको निर्वाचनमा एमाले गठबन्धनसँग एक्लै भिड्न लागेको हो ।

अघिल्लो चुनावमा राप्रपाका कमलबहादुर गुरुङ्गले सो क्षेत्रबाट २६८ भोट ल्याएका थिए । आज नायिका थापा साडी लगाएर मनोनयन दर्ता गर्न जाँदा सुरक्षाकर्मी र अन्य कर्मचारी सेल्फी लिन व्यस्त देखिन्थे ।

टिप्पणीहरू