प्रचण्डले छोडेको क्षेत्रमा बागीको बिगबिगी

प्रचण्डले छोडेको क्षेत्रमा बागीको बिगबिगी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा आधिकारिक उम्मेदवारविरुध्द उनले बागी हालेका हुन् ।

गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका डा. भोजराज अधिकारीले पनि उम्मेवारी दर्ता गराउँदै छन् । चितवन-३ मा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उहाँ गोरखा-२ तिर सरेपछि माओवादीले अधिकारीलाई अघि सारेको हो ।

तर,कांग्रेस चितवनको एउटा पक्षले माओवादीलाई नछाड्ने भन्दै कोइरालालाई स्वतन्त्र उम्मेदवारका रुपमा खडा गरेको हो । यस क्षेत्रमा स्थानीय निर्वाचनमा बागी उठेका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय निर्वाचनमा पनि गठबन्धनका साझा उम्मेदवारविरुध्द मेयरमा उठ्ने तयारीमा रहेका कोइराला अन्तिममा ब्याक भएका थिए ।

चितवन-३ मा एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको चर्चा थियो ।

टिप्पणीहरू