कांग्रेसमाथि बेइमानी गरेको आरोप, बेलैमा सुध्रिन सुझाव
नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन सहकार्यमा नेपाली कांग्रेसले बेइमानी गरेको आरोप लगाएका छन् । उनले उम्मेदवारी दर्ताको अवधिसम्म कांग्रेसको बेइमानी प्रष्ट झल्किएको बताएका हुन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सत्ता गठबन्धनमा सबैभन्दा बढी इमान्दारिता कांग्रेसमा देखिनुपर्ने भएपनि त्यसो नभएको गुनासो पोखे । साथै,उनले कांग्रेसलाई यसबारे बेलैमा सोचविचार गर्नसमेत सुझाएका छन् ।
‘सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मेवारी,इमान्दारिता गठबन्धनको संस्कार संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ तर हिजो भएको उम्मेदवारी दर्तासम्म त्यो सहकार्यको बेइमानी रुप कांग्रेसमा देखियो’, उनले लेखेका छन्,‘अझै समय छ बेलैमा सोच्नु नै कांग्रेसका लागि हितकर छ ।’
वास्तविक धरातलको सम्मानका साथ सत्ता गठबन्धन अघि बढ्नुपर्नेमा अध्यक्ष पराजुलीको जोड छ ।
टिप्पणीहरू