शताब्दी पुरुषलाई आइसियूमा लगियो

शताब्दी पुरुषलाई आइसियूमा लगियो

१०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हिजो ललितपुरस्थित किष्ट मेडिकल कलेज भर्ना गरिएका उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार थालिएको छ ।

जोशीलाई छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक शुरु गरिएको थियो । तर, मुटुको चालसम्बन्धी अर्को समस्या देखापरेपछि आइसियूमा सारिएको र अवस्था चिन्ताजनक रहेको किष्टले जानकारी दिएको छ ।

‘डा. जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ’, अस्पतालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनलाई गत असोज ७ गते पनि किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य निरीक्षणका निम्ति विशेषज्ञ डाक्टरहरु खटिएका छन् ।

टिप्पणीहरू