गच्छेदारको उम्मेदवारी खारेजयोग्य रहेको भन्दै उजुरी

गच्छेदारको उम्मेदवारी खारेजयोग्य रहेको भन्दै उजुरी

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । ललिता निवास जग्गा प्रकरणका आरोपी गच्छदारको उम्मेदवारी खारेजयोग्य रहेको भन्दै काठमाडौँका विवेक अधिकारीले आज निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

पटक-पटक मन्त्री भैसकेका गच्छदारले प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि उनले सोही क्षेत्रमा जित हासिल गरेका थिए । तर, जग्गा प्रकरणमा मुछिएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।

जग्गा हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका गच्छदारलाई विशेष अदालतले १० लाख धरौटीमा रिहा गरेको हो । सोही कारण उनले निर्वाचनमा प्रतिष्पर्धा गर्नु नैतिकताका हिसाबले उचित नहुने ठहर गर्दै विवेकले आयोगमा उजुरी दिएका हुन् ।

टिप्पणीहरू