गभर्नर अमेरिका पुगेलगत्तै अर्थमन्त्रीको मध्यराति उडान
अर्थमन्त्री जनार्दन शर्मा आज बिहान ३ बजे अमेरिका जानुभएको छ । उहाँ कतार एअरवेजको उडानमा बिहान दोहा हुँदै अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिनु हुनेछ ।
कोषको कार्यक्रममा सहभागी हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि शनिवार उड्नुभएको छ । अधिकारीसँगै बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि जानुभएको छ ।
अर्थमन्त्री शर्मा अस्ति प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले दुई दिन ढिलो अमेरिका जानुभएको हो ।
टिप्पणीहरू