चीनमा फेला पर्यो सबैभन्दा अग्लो रुख
चीनमा ८३ दशमलव ४ मीटर अग्लो रुख फेला परेको छ । त्यो नै चीनको सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ ।
वनजंगल अनुसन्धानकर्ताहरुको अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण सार्वजनिक गर्ने क्रममा उक्त रुखबारे उल्लेख गरेका हुन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको उक्त रुखलाई ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ नाम दिइएको छ । योे रुख पहिलो पटक गत मे महिनामा फेला पारिएको थियो ।
सबैभन्दा अग्लो रुखबारे यकिन गर्न वैज्ञानिकहरुले ड्रोनको प्रयोग गरेका थिए । उक्त रुखको मोटाइ दुई सय ७ सेन्टीमीटर रहेको छ । रुख तीन सय ८० वर्ष पुरानो भएको वैज्ञानिकहरुको दाबी छ ।
टिप्पणीहरू