भारतीय दूतावासमा तिब्बती भिक्षुहरुको प्रवेश

भारतीय दूतावासमा तिब्बती भिक्षुहरुको प्रवेश

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बौद्ध भिक्षुणीहरुलाई उच्च शिक्षा प्रदान गर्ने तिब्बती संस्थाका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । हिजो दिउँसो ‘लञ्च टाइम’ मा उनीहरुबीच लैनचौरस्थित दूतावासमा कुराकानी भएको हो ।

थुक–चे–चो–लिग–नन्नेरि संस्थासँग आबद्ध दुई जना तिब्बती भिक्षु परम्परागत लामा पोशाकमा बीएए ९०६८ नम्बरको सवारी साधन चढेर दूतावास प्रवेश गरेका थिए । उक्त संस्थाले बौद्ध भिक्षुणीहरूलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

राजदूत र भिक्षुहरुबीच दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म भेटवार्ता भएको थियो । दूतावासको कुराकानीपछि टोली लाजिम्पाटस्थित निर्वासित दलाई लामा र तिब्बती शरणार्थीहरुको सम्पर्क कार्यालय गएको देखियो ।

टिप्पणीहरू