नरभक्षी बाघलाई भारतमा मारियो, चितवनमा समातियो

नरभक्षी बाघलाई भारतमा मारियो, चितवनमा समातियो

स्थानीय नौ जनाको ज्यान लिएपछि भारतको बिहारमा एउटा नरभक्षी बाघलाई अस्ति मारियो । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको बिहारको चम्पारणमा उक्त बाघलाई नियन्त्रणमा लिन दुई सयभन्दा बढी प्रहरी जुटेका थिए ।

यता चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्जको प्राविधिक टोलीले हिजो राति माडी नगरपालिकामा नियन्त्रणमा लिइएको बताइएको छ ।

बाघले स्थानीयको बस्तुभाउ मार्ने र सर्वसाधारणमाथि आक्रमणको सन्त्रास बढेपछि नियन्त्रणमा लिइएको हो । उक्त बाघ पटक पटक गाउँ पसेपछि गाउँले सँधै डराउँदै आएका थिए ।

निकुञ्जका अनुसार अहिले बाघलाई खोरमा हालिएको छ । पछिल्लो दुई महिनामा चितवनमा बाघको आक्रमणबाट एक जना मारिएका छन् ।

टिप्पणीहरू