ड्रोन उडाउन अनुमति अनिवार्य

ड्रोन उडाउन अनुमति अनिवार्य

सरकारले ड्रोन क्यामरा उडानमा कडाइ गरेको छ । अनुमति नलिई अनाधिकृत रुपमा ड्रोन उडाउन थालिएपछि गृह मन्त्रालयले अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

विभिन्न व्यक्ति तथा निकायले अनाधिकृत रुपमा उडान गरेको भन्दै मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले त्यसको निम्ति सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने बताए ।

उनका अनुसार दुई केजी तौलसम्मका ती उपकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सोभन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि २०७५ मा समेत सो कुरा उल्लेख गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले तोकिएको कार्यविधि र व्यवस्था पालना नगरी ड्रोन उडाएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

टिप्पणीहरू