‘लौन ! एमालेमा के हुन लाग्यो’

‘लौन ! एमालेमा के हुन लाग्यो’

पार्टी अध्यक्षबाट टिकट खोसिएका एमाले नेता डा. भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्हबाट चुनाव लडाउने पार्टीको निर्णयलाई अनैतिकताको संज्ञा दिएका छन् ।

आज बिहान ट्वीट गर्दै उनले कमल थापा सूर्यमा उम्मेदवार भएको र सरकारमा बसेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको भन्दै त्यसलाई अनैतिकताको नमूना भनेका हुन् । एक व्यक्ति दुई पार्टीमा रहन नपाउने भनि निर्वाचन आयोगले प्रस्ट्याउनु पर्ने अनि त्यस्ता पात्रलाई एमालेले बोक्ने भनि रावलले कटाक्षसमेत गरेका छन् ।

‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने !’, उनले लेखेका छन्, ‘नि.आ.ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’

टिप्पणीहरू