रजनीगन्धामा घोटाला गर्ने चार जनामाथि राजश्व चुहावटको आरोप
राजश्व अनुसन्धान विभागले राजश्व छलीको अभियोगमा चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । उनीहरुले १८ लाख रुपैयाँभन्दा बढी राजश्व चुहावट गरेको दावीसहित आज उच्चमा मुद्दा चलाइएको हो ।
मुद्दा दायर हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धापाखेल बस्दै आएका रामशरण बोगटी, सिरहाका अमितकुमार साह, अछाम घर भई हाल इमाडोल बस्ने नमराज तिमिल्सिैना र अछामका तीर्थराज ढकाल छन् ।
उनीहरुले भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा बिक्री गरी सोबाट प्राप्त आयमा सरकारलाई बुझाउनुपर्ने राजश्व नबुझाई चुहावट गरेको विभागको आरोप छ । चारै जनासँग विभागले १८ लाख ४६ हजार ७३४ रुपैयाँ बिगो र सजायको माग गरेको छ ।
टिप्पणीहरू