पछिल्लो २४ घण्टामा बाढीपहिरोबाट डेढ दर्जनको मृत्यु

पछिल्लो २४ घण्टामा बाढीपहिरोबाट डेढ दर्जनको मृत्यु

विगत केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पछिल्लो २४ घण्टामा देशभर १७ जनाको ज्यान गएको छ । जसमा बाजुरामा एक, हुम्लामा चार, मुगुमा आठ, कालिकोटमा तीन र जुम्लामा एकको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिरोमा १७ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा १५ जना घाइते भएका छन् भने बाढीपहिरोका ३४ घटना भएका छन् ।

बाढीपहिरोले पछिल्लो २४ घण्टामा मात्रै ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ४६ पशुचौपायाको मृत्यु भएको छ ।

टिप्पणीहरू