एमाले पसेका माओवादीको गालामा कमल थापाको अबिर
सूर्य चिन्ह लिएर मकवानपुरबाट निर्वाचनमा उम्मेदवार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले प्रवेश गरेका अन्य दलका नेता तथा कार्यकर्तालाई टीका र अबिर लगाइदिएका छन् । उनले एमाले पार्टी कार्यालय हेटौंडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेतालाई अबिर लगाइदिएका हुन् ।
माओवादी जिल्लास्तरका नेता शंकर राउतले माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेको घोषणा गरेका थिए । राउत हिजोदेखि एमाले बनेका हुन् ।
एमालेको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई थापाले स्वागत गरेको बताइन्छ ।
टिप्पणीहरू