वडाध्यक्ष नाबालिका बलात्कारमा सँलग्न !

वडाध्यक्ष नाबालिका बलात्कारमा सँलग्न !

निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन) विरुध्द नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ । पीडितका तर्फबाट वडाध्यक्षविरुद्ध हिजो इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी दर्ता भएको छ ।

श्रेष्ठले विजया दशमीको दिन १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको बताइएको छ । दशैंको टिकाका दिन अध्यक्षले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् ।

‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेकाले यस विषयमा तत्काल केही भन्न मिल्दैन ।’

गत स्थानीय तहको निर्वाचनमा श्रेष्ठ नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

टिप्पणीहरू