५ मीनेटको अन्तरमा दुई राजदूतको बिदाइ
नेपालका लागि चीन र पाकिस्तानका राजदूतहरु कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा हुनुहुन्छ । उहाँहरु फर्कनुअघि उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुभएको छ ।
सिंहदरबारमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग दुबै मुलुकका राजदूतले हिजो दिउँसो पाँच मीनेटको फरकमा शिष्टाचार भेट गर्नुभयो । दिउँसो पौने २ बजे नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छी मन्त्रालय पुग्नुभएको थियो ।
उहाँ निस्केलगत्तै परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेटको लागि पाकिस्तानी राजदूत सैयद हैदर साह पुग्नुएको थियो । उहाँ पनि आफ्नो कार्यकाल पूरा गरेर बढुवासहित २६ तारिखको दिन स्वदेश फर्कने क्रममा हुनुहुन्छ ।
पाकिस्तानी राजदूत सैयदले हिजै प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डा पुगेर भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू