शिक्षा मन्त्रालयको ३५ दिने सूचना, विद्यार्थीबीच प्रतिस्पर्धा गराइने

शिक्षा मन्त्रालयको ३५ दिने सूचना, विद्यार्थीबीच प्रतिस्पर्धा गराइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने भएको छ । मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने उद्देश्यले स्टीम सामग्री निर्माण कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ ।

यो वर्षको प्रतिस्पर्धाको विषय, ‘माध्यमिक विद्यालयहरु (कक्षा ५ देखि १०) सम्म प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित स्टीम सिकाई सामग्री निर्माण,’ रहेको छ ।

पहिलो चरणमा विद्यार्थी समूहबाट निवेदन माग गरिने, प्राप्त निवेदनहरुबाट दोस्रो चरणका लागि छनोट गर्ने र विद्यार्थी समूहलाई आफ्नो सोचबमोजिका वस्तु निर्माण गर्न दिइने मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

दोस्रो चरणमा सहभागी सबै समूहलाई ‘विश्वविद्यालयका विद्यार्थीहरुबीच (स्टीम सामग्रीसम्बन्धी) प्रतिस्पर्धा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम सहयोग रकम वितरण गरिने बताइएको छ ।

प्रतिस्पर्धामा सहभागी हुने चाहने विद्यार्थीले आगामी ३५ दिनभित्र मन्त्रालयको इमेलमार्फत् आवेदन दिनुपर्नेछ ।

टिप्पणीहरू