एमालेको समर्थन पाएका कोइरालाले माछा पाए

एमालेको समर्थन पाएका कोइरालाले माछा पाए

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोडेको चितवन-३ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी हालेका दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार उनलाईलाई माछा चिन्ह दिएको हो ।

गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाई नेकपा एमालेले समर्थन गरेको छ । पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारीलाई उम्मेदवार छन् ।

टिप्पणीहरू