नेपाल खुलेर रुसको विरोधमा उत्रियो

नेपाल खुलेर रुसको विरोधमा उत्रियो

रुस–युक्रेन युध्दमा नेपालले खुलेर रुसको विरोध गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा प्रस्तुत रुसविरुध्दको प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।

नेपाललगायत एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

हिजो भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । ३५ देश मतदानको समयमा अनुपस्थित भए ।

रुसविरुध्दको प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौं । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

टिप्पणीहरू