पाल्पामा पनि हतियार मागियो
आगामी निर्वाचनलाई सुरक्षित बनाउन जिल्ला प्रशासन पाल्पाले पनि स्थानीयसँग रहेका हतियार बुझाउन आग्रह गरेको छ । इजाजत लिएर हातहतियार राखेकालाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको सूचनामा इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन भनिएको छ ।
आगामी कात्तिक १० गतेभित्र त्यस्ता हतियार बुझाउन र चुनावपछि फिर्ता लिन सर्वसाधारणलाई आग्रह गरिएको हो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/10/हातहतियार_बुझाउने_सम्बन्धी_जरुरी_सूचना_palpa.pdf”]
टिप्पणीहरू