नत्र झण्डै फर्कन्थे चोलेन्द्र

नत्र झण्डै फर्कन्थे चोलेन्द्र

चुनावको मुखमा राजनीतिले यस्तो मोड लियो कि यही कुरा दुई साताअघि भइदिएको भए देशमा चुनाव नभएर ‘अर्थोकै’ केही हुन पनि सक्थ्यो ।

अहिले विकसित घटनाअनुसार, सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ । महाभियोग प्रस्तावबारे संसदीय समितिले सुझाव पेश गर्ने क्रममा भदौ २१ गते झिनो मतका कारण चोलेन्द्र सर्वोच्चमा हाजिर हुन नजाने स्थितिमा पुगे । अर्थात्, महाअभियोग सिफारिस समितिबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्धको प्रतिवेदन मात्र १ मत बढीले पारित भयो ।

महाभियोग समितिका सदस्य एकवाल मियाँ लोसपा र प्रमोद साह जसपाका हुन् । एमालेको लाइनअनुसार एकबालले त्यही बेला चोलेन्द्रको पक्षमा हात उठाए, अहिले एमाले पसि पनि सके । प्रमोद पनि बीचमा हराएका थिए । उपेन्द्रले हप्काएपछि मात्र सत्ता गठबन्धनतिर लागेर ५ का विरुद्ध ६ मत पु¥याएका हुन् ।

अहिले जसपा र एमाले मिलेजस्तो घटना १ महिनाअगाडि मात्रै भैदिएको भए चोलेन्द्र सर्वोच्चमा फर्किसकेका हुने थिए । प्रमोदसमेत उतिबेलै एमालेतिर लागेर यदि त्यो प्रतिवेदन पारित नभएको भए महाभियोग स्वतः निस्कृय हुन्थ्यो । यस्तो अवस्थामा कुनै न कुनै प्रतिशोधी कामका कारण न घोषित निर्वाचन हुनसक्थ्यो । अर्थात्, देशमा केही न केही अनिष्ट हुन्थ्यो भन्ने कुराको अहिले अनुमानमात्र गर्न सकिन्छ ।

टिप्पणीहरू