राष्ट्रपति स्वयंले नछाड्नु भन्दाभन्दै…

राष्ट्रपति स्वयंले नछाड्नु भन्दाभन्दै…

०७४ मा निर्वाचित संसदको आयु अर्को निर्वाचनको मनोनयन दर्ताकै मितिबाट स्वतः समाप्त भयो भन्ने तर्कलाई अस्वीकार गर्ने कानुन मन्त्री गोविन्द बन्दी (कोइराला) ले राजीनामा दिएका छन् ।

संविधानले संसद सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री बन्ने व्यवस्था गरेको छ । त्यसबीचमा ऊ कुनै विधिबाट संसद सदस्य भएकै हुनुपर्ने, अन्यथा संसदको उक्त कार्यकालभरि फेरि मन्त्री नबन्ने व्यवस्था छ । अहिले अरु सबै सांसद प्रतिनिधिसभाको निस्कृयतासँगै गैरसांसद भइसके । यस्तो बेला मन्त्री भएका व्यक्ति सांसद हुन् कि होइनन् भन्ने प्रश्न उठ्दैन । तर, बन्दीले आफू संसदको कार्यकाल समाप्त नभएको पक्षमा रहेको र नैतिक रुपमा मन्त्री रहिरहनु अनुचित ठानेर राजीनामा दिएको जनआस्थालाई बताएका छन् । उनलाई प्रधानमन्त्री र राष्ट्रपतिले पनि ‘किन छोड्नुहुन्छ ? नछाड्नुस्’ भन्नु भएको थियो ।

अर्कातिर, केही उच्च तहका बिचौलियाको चलखेलका कारण केही नेपाल ऐन संशोधन हुन सकेन । उक्त ऐन संशोधन गर्नका निम्ति संसदमा पेश भएको विधेयक अगाडि नबढेपछि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा र त्यसले अन्तर्राष्ट्रिय तहमा नेपालले व्यहोर्नुपर्ने जोखिम डरलाग्दो छ । तर, काँग्रेसकै सांसद दिव्यमणि राजभण्डारीका अनुसार, देश भाडमा गए जाओस्, प्रधानमन्त्री दम्पत्तिको साथ लिएर बिचौलियालाई केही व्यक्ति जोगाउनुपर्ने भएपछि विधेयक रोकिएको छ । सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दामा प्रहरीलाई अधिकारसम्पन्न बनाउने र केही जरुरी विषयलाई तत्कालै कानुनी दायरामा ल्याएर कारवाही अगाडि बढाउनुपर्ने हो ।

तर, त्यससम्बन्धी विधेयक नै अड्काइँदा विदेशबाट आउने अनुगमन टोलीले नेपालबारे नकारात्मक निश्कर्ष निकाल्ने खतरा बढेको छ । यदि त्यसो भयो भने नेपाल कालोसूचीमा पर्छ । त्यसपछि प्रतितपत्र खोल्नेदेखि विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषसहितका दाताले गर्ने सहयोग, दिने अनुदान सबै बन्द हुन्छ । देशमा डलरको हाहाकार हुन्छ ।

अर्कातिर, खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त गर्ने चलनलाई भर्खरै राजीनामा दिएका कानुन मन्त्री गोविन्द बन्दीको पहलमा अन्त्य गर्ने काम भएको छ । अब कानुन व्यवसायीमध्येबाट न्यायाधीश नियुक्तिका लागि आवदेन माग्नुप¥यो । सूची प्रकाशित हुन्छ, दावी विरोध हुन्छ । प्रमाण पुगेको छ, छैन भन्ने हेरिन्छ । अहिले माग गरिएको न्यायाधीशका लागि १ सय ७१ ले आवेदन हाले ।

तर, ३९ जनाको मात्रै योग्यता पुगेको छ । त्यसमध्ये २५ जनाको सर्टलिष्ट बन्यो । पछिल्लो व्यवस्थाअनुसार, कानुन व्यवसायीले न्यायाधीश बन्नका लागि १० वर्ष निरन्तर अभ्यास गरेकै हुनुपर्ने र त्यससम्बन्धी प्रमाण पनि पेश गर्नुपर्छ । कानुनी अभ्यासका क्रममा निश्चित संख्यामा मुद्दाको फैसला भएको हुनुपर्ने, मुद्दामध्ये निश्चित संख्यामा मुद्दा जितेकै हुनुपर्नेजस्ता प्रावधान तय गरिएको छ ।

टिप्पणीहरू