निकाे हुनेभन्दा दाेब्बर बढी कोरोना संक्रमित

निकाे हुनेभन्दा दाेब्बर बढी कोरोना संक्रमित

आज मुलुकभर ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ८६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित भेटिएको बताइएको छ ।

७२५ जनामा गरिएको पीसीआर परीक्षणमा ४५ जना र एक हजार ६१ जनामा गरिएको एन्टीजेन परीक्षणमा छ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणबाट २१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै सक्रिय संक्रमितको संख्या ६२२ जना पुगेको छ ।

टिप्पणीहरू