पटेलले फेरि भने : गोली हाने पनि प्रभुलाई सपोर्ट गर्दिन

पटेलले फेरि भने : गोली हाने पनि प्रभुलाई सपोर्ट गर्दिन

रौतहट-३ बाट सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता धिरज पटेलले आफ्नो उम्मेदवारी कायम रहेको दावी दोहोर्याएका छन् । एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने हल्लामा कुनै सत्यता नरहेको बताउँदै उनले आफ्नो उम्मेदवारी यथावत रहेको प्रष्ट पारेका हुन् ।

पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएकाले आफू नै आधिकारिक उम्मेदवार रहेको पुन: स्मरण गराएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भने पनि प्रभुलाई समर्थन नगर्ने अडान लिएका उनले चुनावी अभियान नरोक्ने बताएका छन् ।

‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्पजस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयाे । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो ।”

‘बरु मलाई गोली हानेर मारे पनि उम्मेदवारी फिर्ता लिन्न । र, प्रभु साहलाई समर्थन गर्नेवाला छैन’,पटेलले भने ।

माओवादीलाई धोका दिएर एमालेमा छिरेका प्रभुलाई उनले हरियो घाँसभित्र लुकेको सर्पको संज्ञा पनि दिएका छन् । भन्छन्,‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्पजस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयाे । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने, रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’

पटेलले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको सहारामा पटक-पटक सांसद बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साह पराजित हुने दावी पनि गरे ।

टिप्पणीहरू