यता माछापुच्छ्रे, उता ग्राण्डफादर माउण्टेन
-डा. महेन्द्रराज न्यौपाने
Apex (एपेक्स) एन.सी.यु.एस.ए.
हाम्रो यात्रा Grandfather Mountain (पहाड) को थियो, जो उत्तर क्यारोलिना राज्यको Asheville शहरदेखि करिब ७५ माइल टाढा अवस्थित छ । बिहान ९ः३० बजे हाम्रो घर एपेक्सबाट रमाना भयौं । छ जनाको संख्यामा एउटा गाडीमा सिट संख्याको अभावमा नअटाउने हुँदा दुईवटा गाडी लिएर हामी त्यतातिर हुँइकियौं ।
बिहानको शीतल बतासको मज्जा नै बेग्लै । जाडो सुरु भइसकेको हुँदा मन्द मन्द जाडो थियो । सफा चौडा बाटोमा विभिन्न आकार–प्रकार र साइजका गाडीहरु आफ्नो गतिमा सवारी नियम–कानुनको परिधिभित्र रही कुदिरहेको दृष्य टाढाबाट हेर्दा साह्रै रोचक र मनमोहक देखिन्थ्यो । हामी सफा मौसमका कारण बाहिरको मनोरम दृश्यमा हरियाली विभिन्न रंगीबिरंगी पात भएका रुखहरु, चराको चिरबिर आवाजमा आनन्द साट्दै अघि बढ्यौं । यो मौसममा यहाँका रुख बिरुवाका पातहरुमा विभिन्न किसिमका रंगहरु परिवर्तन हुँदा रहेछन् । पहेँला, हल्का राता, निला, सुन्तला रंगका हुँदा रहेछन् । जेहोस्, दृष्य हेरिरहुँ जस्तो लाग्थ्यो ।
बाटोमा पर्ने मनोरम दृष्यहरुमा एउटा विशाल ताल पर्दे रहेछ जोर्डन ताल । यो विशाल ताल हाम्रो नेपालको रारा तालभन्दा ६ गुणा र फेवा तालभन्दा करिब सात गुणा ठूलो रहेछ । यो विशाल ताल प्राकृतिक रुपमा Haw नदी, New Hope खोला र Cope Fear खोलाहरु र यिनका शाखाबाट बनेता पनि यसको विशाल फैलावट, New Hope खोलाको साह्रै ठाडो बेगमा बेलाबेलामा आउने बाढी, समुन्द्री तुफानको असर वर्षाकालमा आउने भेलले गर्दा त्यस वरिपरिका बासिन्दा, तिनीहरुको खेतीबाली, व्यापार–व्यवसाय वर्षेनी नष्ट भई दुःख पाएको इतिहासमा उल्लेख रहेको देखिन्छ ।
यो जोर्डन तालको स्रोतहरुमा Haw नदी, Cope Fear खोला सँगै Morgan र Little खोलाहरु पनि पर्दा रहेछन् । २६ किलोमिटर लम्बाइ, ८ किलोमिटर चौडाइमा फैलिएको यो ताल समुन्द्री सतहबाट केवल २६१ फिट 261 Foot उचाइमा अवस्थित रहेछ । उचाइको हिसाबमा हाम्रो रारा ताल ९,८१० फिट र फेवा ताल २,४३४ उचाइमा अवस्थित छन् ।
जोर्डन तालको इतिहास पल्टाएर हेर्दा परापूर्वकालमा यस तालमा बाँधको अभावमा यसको स्वतन्त्र फैलावट, नदीहरुको बगाइको वेग, प्रत्येक वर्ष आउने वर्षाको भेल, बाढी, समुन्द्री तुफानको असर आदिले गर्दा यस वरपरका मानिसहरुले दुःख पाइरहेको वर्णनमाथि यसअघि पनि उल्लेख छ ।
इस्वी सम्वत् सन् १६०० तिरको इतिहास पल्टाएर हेर्दा मानिसहरुलाई तालको एक छेउबाट अर्का छेउ जान डुंगाको सहारा लिनपरथ् । त्यतिबेला सडक विभाग नभएकाले त्यतिबेलाको सरकारलाई कसैले पुल बनाउन अनुमति मागेमा व्यक्तिगत रुपमा बनाउन पाउने रहेछ । यसैक्रममा Francis Cypert नाम गरेका नामुद New Hope नदीहरुको दुवैतिर जग्गा किनेर पुलको रुपमा मालसामान र मानिस ओसार्न र आवत्जावत् गर्न गोरु गाडा प्रयोग थाले । तर यस विधिबाट त्यति सफलता नपाएपछि उनले उत्तर क्यारोलिना कोलोनी (सरकार) लाई पुल बनाउन निवेदन दिए । स्वीकृति प्राप्त गरेपछि उनले शुल्क तिर्नुपर्ने किसिमको पुलको निर्माण गरे । उनले पुलको साथसाथै मधुशाला र साना–साना होटलहरु पनि बनाइदिए । यसले गर्दा सर्वसाधारण, व्यापारी, पर्यटकहरु सबैलाई राहत महशुस भयो ।
अहिले पनि Cypert’s Road को नामले यो ठाउँ प्रख्यात छ । अहिले यो रोड Highway 64 को नामले चिनिन्छ, जुन रोड अहिले जोर्डन तालमाथि भएर जान्छ तर उनले बनाएको पुलको अंश र मधुशालाहरु, होटलहरु पानीमुनि पानीको सतह घटेको बेला बेला–बेलामा देखिन्छन् ।
सन् १९३३ सालमा US (युएस) आर्मीको इञ्जिनियरिड्ड कर्पाेरेसनले यी नदीहरुले धेरै क्षति गरेकोले बाढी र तुफान रोक्न बाँध बनाउनको लागि सर्वेक्षण ग¥यो तर फलदायक उपलब्धि पाउन सकेन । यो क्रम सन् १९३३–१९४५ सम्म जारी रह्यो । सन् १९४५ मा त झन् ठूलो बाढी र समुन्द्री तुफानले तहसनहस नै गरिदियो । सामान्य रोकथामका पद्धति अपनाउनुको बाबजुद अरु केही उपलब्धि हुन सकेन ।
सन् १९५० मा यु.एस. सरकारले दुःख कष्ट दिइरहेको यस ताल, नदी नालाहरुमा बाँध बाँध्न र पानीको ताल बनाउनको लागि घर जग्गाहरु अधिग्रहण गर्न सुरु ग¥यो । यहाँका बासिन्दाहरुलाई राम्रो मौज्दात दिएर New Hope Dam बनाउन सुरु गर्यो । नयाँ बाँध बाँध्ने जिम्मा युस.एस. आर्मी कर्रपेरसनलाई सुम्पिदियो, जुन युएस आर्मी इन्जिनियरिङ्ग कर्पाेरेसन थियो ।
प्रोजेक्ट जिम्मा दिए पनि विभिन्न कारणवश काम गुरु गर्न निकै ढिला भएकाले खाली भइसकेका घरहरु, व्यापारिक प्रयोजनका सटरहरु, रंगमञ्च, Music Hall Subways र अरु साधारण प्रयोजनका भवनहरु इत्यादि धेरै वर्षसम्म त्यत्तिकै रहिरहे । जसमा चिहानहरु र त्यसभित्रका लासहरु समेत बाँकी रहे । ती सबै संरचनाहरु तालमा पानी भर्ने मेसोमा बिर्सिए र पछि पानीको डुबानमा परे । त्यसक्रममा कुनै मानवीय क्षति नहुनुको साथसाथै उनीहरुका श्रीसम्पत्तिमा पनि केही हानि नोक्सानी नभएता पनि ती खाली भएका संरचनाहरु त्यत्तिकै रहिरहे र अहिले पनि पानीको सतह घटेको बेला देखिन्छन् ।
पछि सन् १९६३ सालमा उत्तरी क्यारोलिना राज्यका सिनेटर व्यवस्थापक सभाको सदस्य B. Evertt Jordan ले त्यस ठाउँमा New Hope Lake Project अन्तर्गत New Hope Dam बनाई त्यसमा जम्मा भएको पानीले New Hope Lake बनाउने अनुमति पाए । त्यो New Hope Lake Reservoir को रुपमा बन्यो । यसरी यो जोर्डन ताल प्राकृतिक नदी नालाहरुको स्रोतबाट उत्पन्न भएता पनि पछि मानव निर्मित ताल बन्न गयो ।
इस्वी सम्वत् सन् १९७४ मा यसको नाम परिवर्तन गरी उनै सिनेटर B. Evertt Jordan को नाममा Jordan Lake बन्न गयो । तथापि उनले त्यो ताल बनिसकेको अवस्थामा देख्न पाएनन् । त्यसपूर्व नै उनको मृत्यु भइसकेको थियो । उक्त Project सन् १९८२ मा Jordan Lake को रुपमा सम्पन्न भयो ।
यो विशाल तालको पानीले उत्तरी राज्य क्यारोलिनको सम्पूर्ण मध्य भाग र यस वरिपरिका बस्तीहरुमा खानेपानी ९५.५ प्रतिशत आपूर्ति गर्छ । यस Jordan Lake मा जम्मा भएको पानी Reservoir मा रहेर खानेपानीको हिसाबले पानी ट्यांकीसम्म आइपुग्दा पूर्ण रुपमा शुद्ध भइसकेको हुन्छ । यसरी त्यहाँबाट उपलब्ध पानी सिधै पिउन योग्य मानिन्छ ।
यसको अलावा यस ठाउँमा (तालमा) राज्यले तोकेको स्थानमा पौडी खेल्न, Boating गर्न, माछा मार्न पनि सकिँदो रहेछ । यसको किनारा निकै लामो र ठूलो भएकाले यहाँ पिकनिक मनाउन, Camping गरेर रात बिताउन र अन्य मनोरञ्जनका साधनहरु प्रयोग गर्न सकिँदो रहेछ । यसको साथसाथै यहाँ अध्ययन, अध्यापन र अनुसन्धानका कार्यहरु समेत गर्न सकिँदो रहेछ ।
अझ खुशीको कुरा यहाँ बस्न, रमाउन यसका वरिपरि ठूला–ठूला होटेलहरु पनि रहेछन् । साथै लामो सफर गर्न निकै पैदलमार्गहरु पनि बनाइएको रहेछ । यसरी हामीहरुले Jordan Lake हेर्दै, रमाउँदै उक्त ताल पनि पार गर्यौं ।
बीच बीचमा चिया नास्ता, बिहानको खाना, दिउँसोको खाना खाँदै हामी अन्तिम गन्तव्यतिर लम्कियौं । यात्राको क्रममा बाटाहरु ठूला र फराकिलाबाट साना–सानामा परिणत हुन थाले । यसैक्रममा मलाई नेपाल छँदा मेरो कार्यस्थल र घर चितवनको भरतपुरबाट काठमाडौंसम्मको यात्राको संस्मरण हुन थाल्यो । म आफैंले कयौंपटक गाडी हाँकेको छु । भरतपुरबाट मुग्लिनसम्मका घुमाउरा र धेरै मोडहरु पार गर्नुपर्ने बाटाहरु, साथै नौबिसेबाट नागढुंगासम्मका नागबेली र घुमेका बाटाहरुले मलाई त्यति बेलाको सम्झना ताजा बनायो ।
हामी नेपालका जस्तै (प्रायः) बांगाटिंगा, अलिअलि उकाला–ओराला, घुमाउरा नागबेली बाटाहरु पार गर्दै Grandfather पहाडको फेदी र त्यसको छेउछाउ पुग्यौं । यहाँबाट अझै माथि जान गाडी पार्किड्ड गनुपर्ने रहेछ । गाडी पार्किड्ड गरेर हामीहरु पहाडको छेउछाउ, वरिपरि अवलोकन गर्न थाल्यौं । अवलोकनको क्रममा अर्काे नेपाल सम्झाउने केही मात्रामा मिल्दोजुल्दो एउटा संरचना रहेछ– Mile–High Swinging Bridge (माइल अग्लो हल्लिने पुल) । यो पुल सन् १९५२ मा निर्माण भएता पनि सन् १९९९ मा पुनःनिर्माण भएको रहेछ । यो पुल एक माइलभन्दा बढी उचाइमा रहेकोले यसको नाम माइल अग्लो झोलुड्डे पुल Mile–High Swinging Bridge भएको रहेछ ।
Linville पहाडमा अवस्थित यो पुलको लम्बाइ २२८ फिट, चौडाइ र गहिराइ ८० फिट रहेछ । हल्लिने झोलुड्डे पुलको नाम दिएपनि त्यति हल्लिने रहेनछ । मैले यस पुलभन्दा निकै लामा र बढी हल्लिने दर्जनौं पुलहरुको अनुभव नेपालमै बटुलिसकेको भएपनि यस भेगमा यस्तो किसिमको पुल देख्न पाउँदा निकै खुशी लाग्यो । अमेरिकाको सबभन्दा अग्लो यो पुल पर्यटकीय हिसाबले निकै महत्वको रहेछ ।
यो माइल अग्लो हल्लिने झोलुड्डे पुलमा पर्यटकहरु पैदल हिँड्न पाउँदा निकै रमाउँदा रहेछन् । यसैले यसलाई अमेरिकाको सबभन्दा अग्लो पैदल हिँड्ने झोलुड्डे पुल पनि भन्दा रहेछन् । सुरु–सुरुका दिनहरुमा यो पुल निकै हल्लिने भएतापनि सन् १९९९ मा पुनःनिर्माण पश्चात् त्यति नहल्लिने रहेछ । तैपनि पर्यटकहरु Oohed र Aahed गरेर अर्थात् आहा ! र उउ ! गरेर बढी रमाउँदा रहेछन् । अर्काे विशेषतामा पदयात्रा पनि पर्दाे रहेछ ।
यस Grandfather पहाडमा यसको वरिपरि हिँड्न विभिन्न किसिमका पैदल बाटाहरु रहेछन् । बाटाहरु नेपालका जस्तै मिल्दाजुल्दा । साना–साना बाटाहरु, त्यसको वरिपरि सानातिना खोल्साखोल्सीमा पानी बगेको, बुट्यानहरु, सानादेखि ठूला–ठूला रुखहरु, कतैकतै झाडी बोटबिरुवाहरु भएको कठिन पैदलयात्रा पनि रहेछ । त्यस यात्राका लागि विशेष जुत्ता र अरु सामग्रीहरु चाहिने हुनाले हामी त्यतातिर लागेनौं । त्यो कठिन पदयात्रामा ५,९४५ फिट अग्लो Calloway Peak सम्म पुग्न पर्ने रहेछ । कठिन यात्राका क्रममा ठूला–ठूला ढुड्डामा अड्याएका काठका भर्याङहरु, खुड्किलाहरु पर्ने रहेछन् । अर्काे विशेषतामा त्यो Grandfather पहाडमा विभिन्न किसिमका जंगली जनावरको साथसाथै चराचुरुड्डीहरु पनि देख्न पाइने रहेछ ।
जनावरहरुमा कालो भालु, बाह्रसिंगे जरायो, माछा खाने जन्तु ओत, ठूलो जातको जंगली बिरालो, चराहरुमा मुडुले चिल Balded Eagle, बकुल्ला, विभिन्न जातका हाँसहरु, काग, रंगीबिरंगी विभिन्न जातका चराहरु । पानीभित्र राखिएका माछाहरु । यी सबै जनावरलाई ठूलो खाल्डोमा पानी भरिएको Moat छेकावट अथवा ठूलो उठेको पर्खालले छेकेको हुने रहेछ । यिनीहरुलाई छुन नपाए पनि टाढाबाट देख्न सकिने रहेछ ।
यात्राको अन्तिमतिर साँझमा हामीहरु घुमाउरो घुम्ती, नागबेली बाटाहरु पार गर्दै तल डाउनटाउनतिर लाग्यौं । डाउनटाउनमा पुग्दा निकै रमाइलो देखिन्थ्यो । होटेल सबै ग्राहकहरुले भरिएको, बाहिर होटलको आँगनमा आगो बालेर पर्यटकहरु गाउँदै नाच्दै खाना खाएको दृष्य देख्दा नेपालका होटलहरुको झल्को आउँथ्यो । हामीलाई होटलको वरिपरि पार्किड्ड पाउन निकै कठिन भयो । पार्किड्ड पश्चात् होटलमा खान पनि पालो कुर्नु पर्यो ।
लामो पर्खाइपछि हामीहरुले Red Zinger Hotel मा खाना खाने मौका पायौं । खानाको परिकार नेपालको खानासँग मिल्दोजुल्दो नभए पनि ‘भोक मिठो कि भोजन’ भन्ने उक्तिअनुसार बडो स्वादसँग खाइयो । रातिको बसाइँ एउटा आरामदायी सुन्दर मोटेलमा बित्यो ।
भोलिपल्ट बिहानको खाना, दिउँसोको खाना खाँदै करिब एकतर्फी चारघण्टाको यात्रा, करिब २५० माइलको दूरीमा समाप्त भयो । यात्रा रमणीय, स्मरणीय र हृदयस्पर्शी रह्यो ।
अन्त्यमा, ग्रयाण्डफादर पहाड के हो, कसरी बन्यो, कसरी यो नाम रह्यो ? भन्ने विषयमा अलिकति चर्चा गरौं ।
इतिहास पल्टाएर हेर्दा यसको बनावटमा अन्वेषकहरुको (अनुसन्धानकर्ताहरुको) भनाइअनुसार करोडौं वर्ष पुराना चट्टानहरुको अवशेषबाट यो पहाड बनेको देखिन्छ । यो ग्रायण्डफादर पहाडको पुरानो नाम ‘तानवहा’ Motel रहेछ । यसको अर्थ शानदार बाज अथवा चील रहेछ । पछि शोधकर्ताहरुले यस पहाडको अवलोकन गरी हेर्दा यसको एकापट्टिको माथि उठेको चट्टानको एक भागको आकृति बुढो मान्छेको जस्तो देखिने हुनाले यसको नाम Grandfather Mountain (हजुरबुबा पहाड) राखिएको बुझियो ।
जसरी हामीले हाम्रो देशको पोखरामा अवस्थित माछापुच्छ्रे हिमाल को नाम माछाको पुच्छर आकारको भएकाले माछापुछ्रे Fishtail हिमाल राखेका छौं । त्यसरी नै नामाकरण भएको रहेछ यो Grandfather Mountain ।
टिप्पणीहरू