सभामुखको क्वार्टरमा बालेनको नजर

सभामुखको क्वार्टरमा बालेनको नजर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिजो लैनचौरस्थित सभामुख निवासको निरीक्षण गर्नुभएको छ । उहाँ १० जनाको टोलीसहित उक्त भवन निरीक्षणको लागि त्यहाँ जानुभएको हो ।

टोलीले अपरान्ह साढे ४ बजेदेखि मुश्किलले १० मीनेट उक्त भवनको निरीक्षण गरेको बताइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुअघि उक्त भवन काठमाडौं महानगरपालिकाका मेयरको आवास थियो । विगतका प्रमुख पीएल सिंह, केशव स्थापितले उक्त भवनलाई मेयर आवासको रुपमा प्रयोग गरेका थिए ।

तर तीन वर्षअघि केही महिना सभामुखको निर्वाचन हुन नसकेपछि रिक्त रहेको अवस्थामा बालुवाटारस्थित सभामुख निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्न थाल्नुभएको छ ।

त्यसपछि सभामुखमा निर्वाचित सापकोटाको निम्ति सरकारले लैनचौरस्थित भारतीय र बेलायती दूतावाससँगैको मेयर निवास रोजेको हो ।

टिप्पणीहरू