युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने

युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुध्द ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना र आवश्यकता दुबै नरहेको बताएका छन् । उनले कजाकस्तानमा आयोजित पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको प्रष्ट पारेका छन् ।

उनले भने, ‘आज जे भइरहेको छ, त्यो सुखद अवस्था छैन । रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि पनि स्थिति खराब हुने थियो ।’

सो अवसरमा पुटिनले तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने लक्ष्य राखिएकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको जानकारी दिएको एएफपीले जनाएको छ ।

फोटो स्रोत : रोयटर्स

टिप्पणीहरू