भारतीय पूर्वराजदूत रञ्जित रेले एक सातासम्म मधेशी नेताहरुसँग छलफल गर्ने
नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रे साताव्यापी नेपाल भ्रमणमा आएका छन् । उनी हिजो दिउँसो सिंगापुर एअरलाइन्सको उडानमा आएका हुन् ।
रेले नेपाल बसाइको क्रममा विशेषगरी मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइन्छ । आमनिर्वाचनको पूर्व सन्ध्यामा भएको रेको आकस्मिक भ्रमण मूलतः मधेशी नेताहरुबीचको समस्या समाधानमा सहजीकरणको लागि भएको अनुमान गरिएको थियो ।
पूर्वराजदूत रे आज पोखरा जाने कार्यक्रम छ । पोखराबाट फर्केपछि आगामी बिहीबारसम्म लगातार भेटघाट हुने जनाइएको छ ।
टिप्पणीहरू