बालुवाटारमा सुख्खा पहिरो

बालुवाटारमा सुख्खा पहिरो

आज बिहान सबेरै बालुवाटारमा सुख्खा पहिरो गएको छ । पहिरो काठमाडौंको बालुवाटारमा नभई बझाङको बालुवाटारमा गएको हो ।

सडक माथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग सबेरैदेखि अवरुद्ध भएको बताइएको छ । जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटारनजिकै सुख्खा पहिरो खसेको छ ।

पहिरोका कारण बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका सवारी साधन रोकिएका छन् । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

टिप्पणीहरू