लुभुमा मोटरसाइकल दुर्घटना, २६ वर्षे युवक बिते
ललितपुरको लुभुुमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा. ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको बताइएको छ ।
आज बिहान भएको उक्त दुर्घटनामा सर्लाही घर भएका चालक २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारार्थ किष्ट अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो ।
टिप्पणीहरू