संविधानमाथि तरबार झुण्डिएकाले सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह
नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरबार झुण्डिएको अर्थ लगाउनुभएको छ । दाङको निर्वाचन क्षेत्र नम्बर १ (क) स्थित लालमटियामा हिजो आयोजित सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको हो ।
विश्वमै उत्कृष्ट संविधान आफूहरुले मिलेर बनाएको, पिछडिएका वर्ग र तप्काका मानिसलाई राज्यको मूलधारमा ल्याउने कानुनी व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो ‘प्रगतिशील संविधान बने पनि केपी ओलीलाई पचेन । जनताले खुशी मनाए तर ओली समूहले त्यो खुुशी देख्न सकेन । त्यसैले नेपालको संविधानमाथि तरबार झुण्डिएको छ ।’
उहाँले राप्ती कोरिडोर, घोराहीलाई आधार मानेर घोराही–लमही, घोराही–तुल्सीपुर, लमही–रिहारसम्म पोड वेको डिपिआरको तयारी भएको पनि जानकारी गराउनुभएको छ । स्वर्गद्वारी पुग्ने केबलकार, श्रीनारायण चोकदेखि स्वर्गद्वारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण अयोजना आफूले अघि सारेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सबै दलका प्रतिनिधिले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
टिप्पणीहरू