सहरी विकासमन्त्रीको गाडी फिर्ता

सहरी विकासमन्त्रीको गाडी फिर्ता

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी सवारी साधन फिर्ता गर्नुभएको छ । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा.२ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको बताउनुभएको छ ।

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरिएको मन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ । प्रेस संयोजक सूर्य विसीले भने, ‘आयोगले जारी गरेको आचारसंहिता अनुरुप मन्त्रीज्यूले हिजोदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गर्नुभएको छ ।’

टिप्पणीहरू