आँधी खोलामा बेपत्ता भएकाको शव फेला

आँधी खोलामा बेपत्ता भएकाको शव फेला

स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव सशस्त्र प्रहरी बल नेपालले फेला पारेको छ ।

वालिङ नगरपालिका–१ सिसौघारी बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा बुधबार दिउँसो बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको नम्बर २४ गण, कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मीटर तल १५ फिटको गहिराईमा उनको शव फेला पारेको बताइएको छ ।

टिप्पणीहरू