छ वटा प्रदेशबाट बाहिरियो,एउटामा अझै अटेर
यो वर्षको मनसुन मुलुकबाट बाहिरिने क्रममा छ । आजसम्म छ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ ।
गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि सुदूरपश्चिम,कर्णाली, लुम्बिनी,गण्डकी, बागमती र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको हो ।
प्रदेश नम्बर १ र मधेशको पूर्वी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यो वर्ष औसत मितिभन्दा दुई साता ढिलो मनसुन बाहिरियो ।
टिप्पणीहरू