महाधिवेशनको अघिल्लो दिन बेइजिङमा भव्य तयारी बैठक

महाधिवेशनको अघिल्लो दिन बेइजिङमा भव्य तयारी बैठक

भोलिदेखि शुरु हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशन तयारी बैठक बसेको छ । राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी चिन फिङको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले प्रतिनिधि प्रत्यायोजन समितिका २२ सदस्य र अध्यक्ष मण्डलका २४३ सदस्यको नामावली अनुमोदन गरेको बताइएको छ ।

बैठकले वाङ हुनिङले महाधिवेशन अवधिभर महासचिवको जिम्मेवारी सम्हाल्ने निर्णय समेत गरेको छ ।

बैठकले महाधिवेशनमा प्रस्तुत गरिने एजेण्डा पारित गरेको छ । प्रतिनिधिहरूले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको प्रतिवेदन अध्ययन गर्ने, त्यसैगरी १९ औं केन्द्रीय अनुशासन निरीक्षण आयोगको कार्य प्रतिवेदन अध्ययन गर्ने, पार्टीको विधानमाथि विचार विमर्श गर्ने र संशोधन गर्ने त्यसपछि २० औं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति गठन गर्ने बताइएको छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू