असन्तुष्ट समूहको भेलामा राजदूत गए दूतावास घेराउ गर्ने चेतावनी

असन्तुष्ट समूहको भेलामा राजदूत गए दूतावास घेराउ गर्ने चेतावनी

छुट्टै समूहले बोलाएको साधारणसभामा राजदूत गए गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले लण्डनस्थित राजदूतावास घेराउ गर्ने भएको छ ।

असन्तुष्ट समूहले १८ अक्टोबरमा भेला बोलाएको छ ।

गत ६ अगष्टमै साधारणसभा सम्पन्न भइसकेको र अब फेरि अर्को समूहले आयोजना गरेको विशेष साधारणसभामा राजदूत सहभागी हुने जानकारी पाएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतबाट निलम्बित अध्यक्ष प्रेम गाहा मगर खेमाले जनाएको छ ।

‘भेलामा राजदूत जानुहुन्न भन्ने विश्वास गरेका छौं, यदि जानु भएमा हामी राजदूतावास घेराउ गर्छौं र राजदूत फिर्तीका लागि नेपाल सरकारसमक्ष आह्वान गर्दछौं’, गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका निलम्बित अध्यक्ष प्रेम गाहामगरले भने- “राजदूत अवैधानिक रुपमा डाकिएको भेलामा जानुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छैन ।”

गैर–आवासीय नेपाली संघ (एनआरएन) बेलायतको ११ औं वार्षिक साधारणसभा तथा संघ संस्था प्रतिनिधि सभामा राजदूत ज्ञानचन्द्र आचार्यलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो ।

अन्तिम समयमा राजदूत आचार्य अनुपस्थित भएपछि एनआरएनएले आक्रोश पोख्दै आएको छ ।

राजदूत आचार्यले असन्तुष्ट समूहको कुरा सुनेर उपस्थित नभएको भन्दै उनको निष्पक्षतामा पनि प्रश्न उठेको छ ।

राजदूत आचार्यले बेलायतमा बस्ने नेपाली समुदायको भावना र सम्मानमा ठेस पुर्याउँदै निष्पक्षता र समान व्यवहार गर्न नसकेको भनी नेपाल र बेलायत सरकारलाई उजुरी दिने समेत एनआरएनए यूकेको चेतावनी छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा आर्थिक घोटालाको बिषय पेचिलो बनेपछि विवाद सतहमा छताछुल्ल भएको छ ।

टिप्पणीहरू