शताब्दी पुरुषको शरीर देहान्त भएकै ठाउँमा संरक्षण गरिने
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । यसअघि नै आफ्नो अंग दान गरिसक्नुभएको उहाँको शरीर अध्ययनका लागि सुरक्षित राख्न नजलाउने निर्णय गरिएको हो ।
स्वर्गीय जोशीको शवलाई नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमा राख्ने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोरसिंह बस्नेतले जानकारी दिए ।
१०३ वर्षीय जोशीको आज बिहान ७ बजेर ९ मीनेटमा किष्ट कलेजमा निधन भएको थियो । तीन सातादेखि उपचाररत उहाँको उपचारकै क्रममा आज देहान्त भएको हो ।
वि.सं. १९७७ वैशाख ३० गते जन्मनुभएका उहाँ प्रख्यात भाषा तथा संस्कृतिविद् हुनुहुन्छ ।
टिप्पणीहरू